झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि चुनावी परिणाम बंगलादेशको जस्तै हुने बताएका छन् । आइतबार चुनावी प्रचारका लागि झापा आएका अध्यक्ष ओली भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालको चुनावी परिणाम पनि बंगलादेशकै जस्तो हुने बताएका हुन् ।
उनले भने, ‘बंगलादेशमा जे भएको थियो, यहाँ पनि हुने नै त्यही हो ।’ अध्यक्ष ओलीले अझै पनि चुनावको वातावरण नबनेको बताए । उनले भने, ‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन ।’
