नोबेल पुरस्कार विजेता मोहम्मदीलाई अर्को जेलमा स्थानान्तरण

तेहरान । नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको स्वास्थ्यलाई लिएर चिन्ता बढेपछि इरानले पूर्व चेतावनी नदिई उनलाई उत्तरी भागको एक जेलमा स्थानान्तरण गरेको उनका पति तागी रहमानीले बताएका छन् ।

दुई दशकभन्दा बढी महिला अधिकार र इरानी नागरिकको स्वतन्त्रताको अभियानको सफल नेतृत्वका लागि सन् २०२३ मा उहाँलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

मोहम्मदीलाई डिसेम्बर १२ मा पूर्वी शहर मशहादमा एक अन्त्येष्टि समारोहमा इस्लामिक धार्मिक नेतृत्वविरूद्ध बोलेको आरोपमा पक्राउ गरिएको थियो । उनले इरानमा हालै भएको सरकारविरोधी आन्दोलनका लागि नागरिकहरूलाई उक्साएको आरोप पनि लगाइएको छ ।

यसै महिनाको सुरुमा उनले भोक हडताल गरेकी थिइन् र उनलाई जेलमा लिनु पहिले अस्पताल भर्ना गरिएको थियो ।

नर्वेली नोबेल समितिले यसै हप्ता बताएको छ, “मोहम्मदीलाई पक्राउ गर्ने क्रममा र हिरासतमा उहाँविरुद्ध ‘शारीरिक दुव्र्यवहार र निरन्तर जीवन–खतरापूर्ण दुव्र्यवहार’ को विवरणको रिपोर्टप्रति समिति ‘गम्भीररूपमा दुःखी’ छ।

पक्राउ परेपछि मोहम्मदीलाई मशादमा गुप्तचर मन्त्रालयको हिरासतमा राखिएको थियो र उनलाई इरानभित्र रहेका भाइ र उहाँका इरानी वकिलसँग फोन गर्न अनुमति दिइएको थियो।

तर उनलाई अहिले देशको उत्तरी भागमा रहेको जन्जान शहरको जेलमा सारिएको पेरिसमा रहेका उनका पति रहमानीले बताए ।

“यो कार्य उहाँको परिवार वा वकिललाई जानकारी नदिई गरिएको थियो”, रहमानीले भने, “यो कार्य ‘मोहम्मदीलाई निर्वासन र विस्थापित गर्ने उद्देश्यले गरिएको थियो’।”

डिसेम्बर ७ मा, उनलाई राष्ट्रिय सुरक्षामा हानि पुर्याएको आरोपमा थप छ वर्षको जेल सजाय सुनाइएको थियो र इरानको इस्लामिक प्रणालीको बिरूद्ध प्रचार गरेको आरोपमा डेढ वर्षको जेल सजाय पनि सुनाइएको थियो।
उनको फाउन्डेसनले उनको शारीरिक अवस्थालाई ‘गम्भीररूपमा चिन्ताजनक’ भनेपछि उनलाई मशादको अस्पतालमा सारिएको थियो तर त्यसपछि ‘उनको उपचार पूरा गर्नु’ अघि नै जेल फर्काएको बताएको छ।

डिसेम्बरको अन्त्यमा देशव्यापी रूपमा विरोध प्रदर्शन सुरु हुनुअघि मोहम्मदीलाई पक्राउ गरिएको थियो। इरानी सरकारविरूद्धको आन्दोलन जनवरीमा चरम बिन्दुमा पुगेपछि अधिकारीहरूले व्यापक दमन गरी आन्दोलनलाई रोक्न बाध्य बनाएका थिए । आन्दोलन हिंसात्मक बन्दै गएपछि हजारौँको सङ्ख्यामा इरानी नागरिक तथा सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

विगत २५ बर्षमा अधिकांश समय जान्जानमा जन्मेकी ५३ वर्षीया मोहम्मदीलाई इरानले मृत्युदण्डको प्रयोग र महिलाहरूका लागि अनिवार्य ‘ड्रेस कोड’ विरुद्ध अभियान चलाएको आरोपमा बारम्बार मुद्दा चलाइएको छ र जेल चलान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *