नेपालमा भूराजनीतिक चलखेलबारे ‘रअ’ का पूर्वएजेन्ट लक्की विष्ट(भिडियो)

काठमाडौँ । भारतीय जासुसी संस्था ‘रअ’ का पूर्वएजेन्ट लक्की विष्टले नेपाल भूराजनीतिको चक्रव्युँहमा फसिसकेको जिकिर गरेका छन् ।

बिहीबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी विष्टले यसकै लागि इन्डो–प्यासाफिक कमाण्डका प्रमुख एडमिरल सामुएल पापरो काठमाडौँ ओर्लिएका दाबी गरेका छन् । पापरो बिहीबार नेपाल आएका छन् ।

विष्टले पापरो पूर्वनिर्धारित कार्यक्रमबमोजिम नेपाल आएको बताएपनि उनी निर्वाचनमा चलखेल गर्न आएका दाबी गरेका छन् । विष्टले केही दिनअघि एमआई–६ का एजेन्ट पनि नेपाल पुगेर फर्किएका उल्लेख गर्दैै पापरो पनि चुनाव आफ्नो अनुकुल बनाउन आएका दाबी गरेका छन् ।

अमेरिकाले नेपाली भूमिलाई केवल रणनीतिको लागि मोहरा मात्र बनाएको भन्दै अमेरिकाले जुनसुकै बेला पनि नेपाललाई प्रयोग गरेर चीन, भारत र जापानमाथि सैन्य कारवाही गर्नसक्ने बताएका छन् । विष्टले नेपालकाबारेमा पटक पटक विवादित अभिव्यक्ति दिँदै आएका छन् ।

हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *