श्रीलङ्कामा सन् २०२२ मा सांसदको हत्यामा संलग्न १२ जनालाई मृत्युदण्डको सजाय

कोलम्बो । श्रीलङ्काको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालिन सांसद अमराकिर्थी अथुकोराला र उहाँका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा १२ अभियुक्तलाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ ।

हत्याको सम्बन्धमा कुल ४२ जनालाई अभियोग लगाइएको यो निर्णय एक विस्तारित सुनुवाइपछि आएको हो ।

मृत्युदण्डको सजायका अतिरिक्त अदालतले अन्य चार व्यक्तिलाई पनि छ महिनाको जेल सजाय सुनाएको छ । अन्य २३ जना अभियुक्तलाई अदालतले सफाइ दिएको थियो ।

आरोपहरू सन् २०२२ मेमा राष्ट्रव्यापी अशान्तिको समयमा प्रकट भएका घटनाहरूबाट उत्पन्न भएका थिए । रिपोर्टअनुसार हत्या गरिएका सांसद अमराकिर्थी अथुकोराला र उनका सुरक्षा अधिकारीले आक्रोशित प्रदर्शनकारीमाथि गोली चलाउँदा दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।

प्रदर्शनकारीमाथि भएको आक्रमण पछि त्यसै दिन गोली चलेको स्थान नजिकैको भवनमा सांसद अमराकिर्थी र उनका सुरक्षाकमीलार्ई हत्या गरिएको अवस्थामा फेला पारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *