युक्रेनको युद्धकालीन अवस्था निर्वाचनका लागि समस्या

किभए । युक्रेनमा रूसको चार वर्षको आक्रमणपछि क्रेमलिन र हालसालै ह्वाइट हाउसले युक्रेनले कुनै पनि शान्ति सम्झौताको एक भागको रूपमा चुनाव गर्नुपर्दछ भनेका युक्रेनी अधिकारीले बताएका छन् ।

अज्ञात स्रोतहरूलाई उतृत गर्दै फाइनान्सियल टाइम्सले बुधबार रिपोर्ट गरेको छ, “किएभले आगामी तीन महिनाभित्र राष्ट्रपति चुनाव गर्ने सम्भावनालाई विचार गरिरहेको छ।”

यहाँ एएफपीले युक्रेनलाई युद्धकालीन मतदान गर्न आवश्यक पर्ने अवरोधहरूको समीक्षा गरेको छ।

सन् २०२२ को फेब्रुअरीमा रुसी सेनाले सीमामा प्रवेश गरेपछि युक्रेनले सैन्य कानुन (मार्शल ल) लागू गरेको थियो र सैन्य कानुनले युद्धका समय निर्वाचन गर्न प्रतिबन्ध लगाएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बारम्बार रूससँग शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि युक्रेनले चुनाव गर्न सक्ने बताउँदै आएका थिए भने हालै युद्ध अन्त्य गर्ने अमेरिकी योजनाको एक भागको रूपमा द्रुत मतदानको लागि सहमत रहेको सङ्केत गरेका छन् ।
किएभले गत वर्ष मार्शल ल हटाइएपछि कसरी चुनाव गर्न सकिन्छ भनेर हेर्ने राजनीतिज्ञ र सैन्य अधिकारीहरूको एक कार्य समूह गठन गरेको थियो ।

जेलेन्स्कीले डिसेम्बरमा एएफपीसहित पत्रकारहरूलाई भनेका थिए, “म युक्रेन कुनै पनि प्रकारको कमजोर स्थितिमा नहोस् भन्ने चाहन्छु । कसैले पनि चुनावको अनुपस्थितिलाई युक्रेनको बिरूद्ध तर्कको रूपमा प्रयोग गर्न खोज्नु गलत हुनेछ।”

उनले भनेका थिए, “म निश्चित रूपमा चुनाव गर्ने पक्षमा छु, तर यसका लागि कुनै पनि कानुनी प्रावधान उल्लङ्घन नगर्नु मेरो लागि नैतिक जिम्मेवारी हुनेछ।”

उनले मस्कोलाई आफ्नो क्षेत्र हस्तान्तरण गर्ने कुनै पनि सम्झौतालाई जनमत सङ्ग्रहमा ल्याउनुपर्ने पनि बताएका थिए ।

जेलेन्स्कीको पार्टीका एक वरिष्ठ सांसदले भने,“यो कदमको बाबजुद युक्रेनमा राजनीतिक सहमति यो थियो कि ‘ मार्शल ल अन्तर्गत रहेर न त जनमत सङ्ग्रह वा चुनाव नै गर्न सकिन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *