‘डिजिटल गभर्नेन्स’बारे गगन थापाका योजना(भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती र जनताले भोग्नुपरेको सास्ती भोग्नु परेको भन्दै ‘डिजिटल गभर्नेन्स’मा जोड दिएका छन् । बुधबार बिहान सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी सभापति थापाले ’डिजिटल गभर्नेन्स’मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने आफूहरुको स्पष्ट प्रतिबद्धता भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ ! आमनागरिकलाई कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ। हामीलाई ‘न्यूनतम सरकारी निकाय, अधिकतम सुशासन’ चाहिएको छ । ”डिजिटल गभर्नेन्स’मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो स्पष्ट प्रतिबद्धता हो ।’

उनले अबको प्रशासनिक संरचना चुस्त र नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन्। कांग्रेसले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सारेका थापाले आफू सरकारको नेतृत्वमा आएपछि गर्ने कामबारे जानकारी दिएका हुन् ।

उनले यो समस्या समाधानका लागि डिजिटल संरचनामा लगानी गर्ने, स्थानीय तह, प्रदेश र केन्द्र सरकारमा एउटै अवधारणाअनुसार काम गर्ने, वान सिटिजन, वान आईडी, सरकारी डाटाबाटै इन्टर अपरेडको व्यवस्था गर्ने र वान्स् वन्ली प्रिन्सिपलमा जानुपर्ने उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *