काठमाडौं ।जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको छ । मंगलबार (माघ २७) बिहान दार्चुलाको बंगाबरमा उनको शव फेला परेको हो ।
घर्तीको हत्या भएको आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान तीव्र पारेको छ ।
एक बियरबार रहेको घरको पछाडि उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
