जादु गरेजस्तो पूर्वाधारको समस्या समाधान हुँदैनः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वाधार विकासमा अर्थतन्त्रको नयाँ मोडल प्रयोग गर्नुपर्ने बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत सभापति थापाले हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या भएकाले त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले जादु गरेजस्तो पूर्वाधारको समस्या समाधान नहुने बताए ।

उनले भनेका छन्, ‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको इकोनोमिक प्रोडक्टिभिटीमा पनि ठुलो असर पारेको छ, जसको अपरचुनिटी कस्ट अत्यन्तै उच्च छ । सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो।’

उनले यसका लागि केही नयाँ जोखिमहरू उठाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यसका लागि हाम्रो कानुनमा सुधार गर्नु पर्नेछ । हाम्रो संस्थागत क्षमता बढाउनु पर्नेछ । हाम्रो सार्वजनिक संस्थाहरूको केही काम गर्ने तरिकाहरू फेर्नु पर्नेछ । केही फाइनाइन्सको नयाँ मोडेलहरू हामीले अभ्यास गर्नुपर्ने छ । हाम्रो अनुगमन गर्ने तरिकाहरू बदल्नु पर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *