दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले उनलाई हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो । यो निर्णयसँगै आइतबार साँझ उनी रिहा भएका हुन् ।

निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएको थियो । प्रसाईंले विद्युतीय माध्यमबाट निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *