काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको जुम बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो ।
गुरुङ नेतृत्वको समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्वय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् । बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका — ०८२’ लाई परिमार्जन सहित पारित गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
विशेष महाधिवेशन अघि शेरबहादुर देउवा नेतृत्वमा रहँदा आनन्द ढुंगानाको संयोजक रहेको अनुशासन समिति थियो । विधान अनुसार अनुशासन समिति ५ सदस्यीय हुने व्यवस्था छ ।

