‘श्री बुकुरोः द होम कलिङ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी फागुन १ गतेदेखि रिलिज हुने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मकी मुख्य पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखेर तयार पारिएको ट्रेलरले सानो बुकुरो (घर) बनाउने चाहना, छोराहरूको विवाह लगायतका कुराहरूलाई समेटिएको छ ।

फिल्ममा सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको छ । फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मीसहित आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ।

निर्देशक सिंह स्वयंको लेखन रहेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *