अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन वटा कारलाई लक्षित गर्दैै भएका विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी र एक महिलासहित तीन सर्वसाधारण रहेका छन् ।
साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ । विस्फोट बिहानको व्यस्त समयमा भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई जानकारी दिएका छन् ।
