काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री पौडेलले जन्मको आधारमा पुरानो भएपनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु हुन नसक्ने बताए ।
उनले कसैबाट विचार आयात गरेर जबरजस्त राजनीति नगरेको स्पष्ट गरे । महामन्त्री पौडेलले कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै दृष्टिकोण र एजेण्डाका आधारमा अरु भन्दा राम्रो बन्न सकिने बताए ।
