पाकिस्तान । इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस)ले दावी गरेको आत्मघाती विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ जना पुगेको छ भने १६९ जना घाइते भएका छन् । अधिकारीहरूले घटनाको पुष्टि गर्दै धेरै घाइतेहरूको गम्भिर अवस्थामा उपचार भइरहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरेका छन् ।
देशभरका मस्जिदहरू उपासकहरूले भरिएर प्रार्थना गरिरहेको समयमा विस्फोट भएको एक सुरक्षा स्रोतदाई उदृत गर्दै एएफपीले जनाएको छ ।
जिहादी सञ्चारको निगरानी गर्ने साइट इन्टेलिजेन्स ग्रुपका अनुसार आइएसले आतङ्ककारीले मण्डलीलाई लक्षित गरि गरेको विस्फोटमा ठूलो मानविय क्षति भएको बताएको छ ।
प्रधानमन्त्री शाहबाज सरिफले विस्फोटमा संलग्नहरूको अनुसन्धान गरी न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसअघि सन् २००८ सेप्टेम्बर पछि पाँच तारे म्यारिअट होटलको केही भाग ध्वस्त पारिएको आत्मघाती ट्रक बम विस्फोटमा ६० जनाको मृत्यु भएको थियो ।
चिकित्सक र दर्शकहरूले पीडितहरूलाई एम्बुलेन्स र सवारी साधनबाट रगतले भिजेका लुगाहरू निकाल्न मद्दत गरेको तथा घाइतेका साथीहरू र आफन्तहरूलाई भेट्न कुदिरहेको भिडियो सार्वजनिक भएको छ ।
एएफपीले अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलहरूले रगतमा डुबेका मानिसहरुको उद्धार गर्दै गरेको देखाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोले मस्जिदको अगाडिको गेट नजिकै धेरै शवहरू देखाएको छ भने मानिस र भग्नावशेष पनि रातो गलैँचा भएको प्रार्थना हलमा छरिएका थिए ।
उप–प्रधानमन्त्री इशाक दारले उक्त आक्रमणलाई “मानवता विरुद्धको जघन्य अपराध र इस्लामिक सिद्धान्तको खुल्लमखुल्ला उल्लङ्घन भनेका छन् । पाकिस्तान सबै प्रकारका आतङ्कवादविरुद्ध एकजुट भएर उभिएको उनले सामाजिक सञ्जाल एक्सको एक पोस्टमा मार्फत जनाएका छन् ।
सुन्नी बहुल राष्ट्र पाकिस्तानमा सियाहरू जनसङ्ख्याको १० देखि १५ प्रतिशतको बीचमा छन् भने उनीहरुको बसोबास क्षेत्र लक्षित आक्रमणहरू पटक पटक हुने गरेका छन् ।
इस्लामाबादले दक्षिणी बलुचिस्तानका पृथकतावादी सशस्त्र समूहहरू र पाकिस्तानी तालिबान र इस्लामाबाद नजिकैको उत्तरी खैबर पख्तुनख्वा प्रान्तका अन्य इस्लामवादी उग्रवादीहरूले आक्रमण गर्न अफगान क्षेत्रलाई सुरक्षित आश्रयको रूपमा प्रयोग गरेको बताएको छ ।
अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको आरोपलाई बारम्बार अस्वीकार गरेको छ ।
सीमामा दुवै पक्षका सेनाहरू नियमित रूपमा भिडन्त हुँदै जाँदा द्विपक्षीय सम्बन्ध खस्केको जनाइएको छ ।
यस अघि नोभेम्बरमा इस्लामाबादको अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
बलुचिस्तानमा गत हप्ता पृथकतावादी विद्रोहीहरूले दावी गरेको आक्रमणमा ३६ जना सर्वसाधारण र २२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो भने प्रति–कारबाहीमा सुरक्षा बलले लगभग २०० जना आतङ्ककारीहरूलाई मारेको बताएका थिए ।
