ट्रम्पले ओबामालाई बाँदरका रूपमा देखाएको भिडियो हटाए

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाराक र मिशेल ओबामालाई बाँदरका रूपमा चित्रण गरिएको जातीयतावादी क्लिप समेटिएको भिडियो  सामाजिक सञ्जालबाट हटाएका छन् ।

‘द लायन स्लीप्स टुनाइट’ गीतसँग मिलाइएको उक्त क्लिप ६२ सेकेन्डको भिडियोको अन्त्यतिर थियो, जसमा ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा मतधाँधली भएको दाबी गरेका थिए ।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले कुनै गल्ती गरेको होइन।’ पोस्ट हुनुअघि आफूले भिडियोको सुरुवाती भाग मात्र देखेको र ओबामालाई त्यस्तो रूपमा देखाइएको क्लिप समावेश छ भन्ने कुरा थाहा नपाएको बताए। उनका अनुसार भिडियो एक कर्मचारीले पोस्ट गरेका थिए ।

काला जातिका रिपब्लिकन सिनेटर टिम स्कटले उक्त पोस्ट हटाउन राष्ट्रपतिलाई आह्वान गर्दै यसलाई ‘यस ह्वाइट हाउसबाट मैले देखेको सबैभन्दा जातीयतावादी कुरा’ भनेका थिए। ह्वाइट हाउसले सुरुमा उक्त क्लिपलाई ‘इन्टरनेट मीम भिडियो’ भन्दै बचाउ गरेको थियो र आलोचकहरूलाई नक्कली आक्रोश रोक्न आग्रह गरेको थियो।

तर रिपब्लिकन सिनेटरहरूसमेतबाट तीव्र आलोचना आएपछि ट्रम्पको ‘ट्रुथ सोसल’ खाताबाट पोस्ट हटाइयो। ह्वाइट हाउसका एक अधिकारीले कर्मचारीले ‘गल्तीवश’ पोस्ट गरेको बताएका छन् । उक्त क्लिप—जसले काला मानिसहरूलाई बाँदरसँग तुलना गर्ने जातीय कार्टुनहरूको सम्झना दिलाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *