विराटनगरमा सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका एसपी घिमिरेको निधन

विराटनगर । सशस्त्र प्रहरी बलका एसपी राजेश घिमिरेको निधन भएको छ । शुक्रबार विराटनगरमा नेपाल–भारत सीमा सुरक्षा बैठक चलिरहँदा एक्कासी बेहोस भएका एसपी घिमिरेको निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बाहिनी सुनसरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिएका छन् ।

बेहोस भएर ढलेपछि उनलाई विराट मेडिकल कलेज लगिएको थियो । तर उनको उपचारका क्रममा निधन भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *