बबिता मानन्धरको ‘कलियुगकी राधा’

काठमाडौं । बबिता मानन्धरको गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ । डीपी खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीत र कुमार केसीको मिक्सिङ छ ।

राजिव समरले निर्देशन गरेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र अभिषेक श्रेष्ठको नृत्य छ । भिडियोमा दिनेश पराजुलीको छायाँकन र डिन्सन शाहको सम्पादन छ । सुरेश मानन्धरले निर्माण गरेको गीत डान्सिङ बिटमा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *