चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

सङ्खुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा  १५ लाख बराबरको धनमाल क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो ।

आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *