२७ अंकले बढ्यो नेप्से

काठमाडौँ । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से उच्च अंकले बढेको छ । बिहीबार नेप्से २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा पुगेको हो ।

आज ३ करोड ५५ लाख कित्ता शेयर ११ अर्ब ५८ करोडमा किनबेच भएको छ । आज २०१ वटा कम्नीको सेयरको मूल्य बढ्दा ५५ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ ।

कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो र मोदी इनर्जीको सेयरमा सर्किट लाग्दा रिडी पावर कम्पनी र खानीखोला हाइड्रोको सेयर पनि सर्किट हाराहारीमै बढेका छन् । निर्जीवन बीमा र अन्य समूहको उपसूचक समान १.९८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.६६ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *