बालुवाटारमा प्रधानमन्त्री-ओली वार्ता, निर्वाचन एकैचरणमा गर्न ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्कीलाई भेट्न बिहीबार बिहान एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए । उनीहरुबीच करिव दुई घण्टा भेटवार्ता भएको छ ।

भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई एकै चरणमा निर्वाचन गर्न आग्रह गरेका थिए । केही दिनअघि प्रधानमन्त्रीले हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन हुनसक्ने बताएपछि ओली प्रधानमन्त्रीलाई भेट्न गएका हुन् । प्रधानमन्त्रीलाई ओलीले शान्ति सुरक्षा मजबुत बनाउन र निर्वाचन एकैचरणमा गराउन आग्रह गरेका थिए ।

त्यसमा प्रधानमन्त्रीले पनि सहमति जनाएको बताइएको छ । प्रधानमन्त्रीले शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने भन्दै निर्वाचन एकैचरणमा गर्ने बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *