काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता ९७ वर्षीय भोजप्रसाद भट्टराईको आज बिहान ८ः१५ बजे निधन भएको हो ।
भोजप्रसादलाई उपचारका लागि हिजो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
