कांग्रेसको कार्यवाहक मुख्य सचिवमा दुलाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन् । सभापति थापाले बुधबार मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत गर्दै सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिएका छन् ।

विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि पौडेलले ८ माघमा पदबाट राजीनामा दिएका थिए । उनी ७ वैशाख २०७३ देखि कांग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिव नियुक्त भएका थिए ।

दुलाललाई विधानको धारा २५ (१०), कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) र कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम कार्यवाहक मुख्य सचिवको जिममेवारी दिइएको सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *