दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से घटेको छ । मंगलबार नेप्से १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा बन्द भएको छ । आज ३२२ वटा कम्पनीको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता शेयर आठ अर्ब ६३ करोडमा किनबेच भएको छ ।

आज कालिन्चोक दर्शनको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८९१ रूपैयाँ पुगेको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा आँखुखोला जलविद्युत रहेको छ। उक्त कम्पनीको ३२२ रूपैयाँमा ४१ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *