वाईसीएलले मतदाता र उम्मेदवारको सुरक्षाका लागि सबै निर्वाचन क्षेत्रमा ‘स्पेशल टास्क फोर्स’ परिचालन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना ब्युताउने निर्णय गरेको छ ।

आइतबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि स्पेशल टास्क फोर्स (एसटिएफ) क्याम्पिङ गर्ने निर्णय गरेको अध्यक्ष पुष्प ओलीले जानकारी दिए ।

बैठकले अन्तरपार्टी युवा, विद्यार्थी तथा जेनेरेसन–जेड युवालाई समन्वय गर्न संयन्त्र निर्माण गर्ने र सबै प्रदेशमा कमाण्ड सेन्टर गठन गर्ने निर्णय पनि गरेको छ । प्रत्येक बुथमा ‘एक बुथ सय यूथ’ परिचालन गर्ने निर्णय वाईसीएलले गरेको अध्यक्ष ओलीले जानकारी दिए ।

उनले विशिष्ट अवस्थामा निर्वाचन हुन गइरहेकाले सुरक्षा थ्रेट रहेकाले वाईसीएलले अर्धसैन्य संरचना ब्युँताएको बताए ।

बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखाले चुनावलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *