काठमाडौं । चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचारका क्रममा सिटौलाको आइतबार निधन भएको हो । अस्पतालले विज्ञप्ति जारी गरी उनको आज मध्यान्ह १२ः४५ बजे निधन भएको जानकारी दिएको हो ।
अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहको चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत र त्यसपछि काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

