काठमाडौं । साफ फूटसल च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । सोमबार दिउँसो भएको आफ्नो अन्तिम खेलमा भुटानलाई ४-१ गोलले पराजित गर्दै नेपाल तेस्रो भएको हो ।
बैंककमा भएको खेलमा नेपाललाई जित दिलाउन पेम्बा दोर्जे लामाले दुई गोल गर्दा विजय श्रेष्ठ र सरोज तामाङले समान एक/एक गोल गरे । भुटानको लागि जेत्सुन दोर्जीले गरेको गोल सान्तवनामा सिमित बन्यो ।
जितसँगै नेपालले ६ खेलबाट ११ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको हो ।
