उम्मेदवारले चुनावी खर्चको कारोबारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा भाग लिने उम्मेदवारले चुनावी खर्चको कारोबारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने भएको छ ।

निर्वाचन आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खोलिने चुनावी खाताका लागि आवश्यक व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको सीमा र विवरण बुझाउन निर्वाचन आयोगले तोकेको खर्चको हदभित्रै रहेर प्रचारप्रसार, चुनावी अभियान सञ्चालन गर्नुपर्ने व्यवस्था छ । यस्तो खर्च गर्न उम्मेदवारहरूले बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट मात्र कारोबार गर्नुपर्ने उल्लेख छ ।

सोही व्यवस्थाबमोजिम आयोगको सिफारिसमा आमनिर्वाचन सम्पन्न भई निर्वाचन आयोगद्वारा निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी बैंक खाता सञ्चालनका लागि व्यवस्था गर्न केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको हो ।

साथै, केन्द्रीय बैंकले बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृक्तिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गर्न पनि निर्देशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *