‘बालेन भ्रष्ट र नष्ट नहुन्’

काठमाडौँ । जेनजी अभियन्ता भावना राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहलाई प्रश्न भन्दामाथि नराख्न आग्रह गरेकी छन् । शुक्रबार राति सामाजिक संजालमार्फत राउतले बालेन जवाफदेही हुनुपर्ने बताएकी हुन् ।

उनले भनेकी छन्, ‘बिन्ती, बालेनलाई प्रश्नभन्दा माथि नराख्नुस्। प्रश्नभन्दा माथि भएका व्यक्तिहरू कस्तो हुन्छन्, हामीले देखिसकेका छौं। प्रश्नभन्दा माथि रहेका व्यक्तिहरू प्रायः भ्रष्ट हुन्छन् र नष्ट हुने बाटोमा छन्। हामी चाहदैनौं कि बालेन भ्रष्ट र नष्ट हुन्। उनी त जवाफदेही हुनु पर्छ, प्रक्रिया मान्नुपर्छ।’

उनले बालेनले १० करोडको गाडी चढ्न सके पनि जनताले प्रश्न गर्न पाउने बताइन् । उनले भनेकी छन्, ‘बारम्बार भन्छन् बालेन, ‘यो आवश्यकता को राजनीति हो’ भनेर, त्यसैले आवश्यकता अनुसार नै उनी हुनु पर्छ। उनी १० करोडको गाडी चढ्न सक्छन् होला, तर जब जनता ले प्रश्न गर्छन्, उनले जनता दोषी देख्नुहुदैन। उनले राजनीतिक संस्कार बुझ्नुपर्छ, जसले धन भ्रष्ट, पापीले मात्रै कमाउन सक्छ भनेर सिकाएको छ। उनलाई देश बुझ्नुपर्छ, यो बुझ्नुपर्छ कि नेपालमा नेपो बेबि किन र के कारणले सुरु भयो। उनी राजनीति का नेपो बेबि नबनुन्। बालेन भ्रष्ट र नष्ट नहुन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *