काठमाडौं । पत्रकार दीपक रिजाललाई सशस्त्र प्रहरी बलले ‘आईजी एपीएफ कमेन्डेसन’ बाट सम्मानित गरेको छ । सशस्त्रको २५ औँ स्थापना दिवसका अवसरमा प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहका बीच पत्रकार रिजाल सम्मानित भएका हुन् ।
३२ वर्षदेखि पत्रकारिता पेशामा संलग्न रिजाल मुख्यतः सुरक्षा मामिला विषयमा सक्रिय छन् । उनी कामना न्यूज पब्लिकेशन्सअन्तर्गत नेपाल समाचारपत्रको स्थापनाकालदेखि हालसम्म कार्यरत छन् ।
