काराकस । अमेरिकाले भेनेजुएलामा आफ्नो दूतावासको नयाँ प्रमुख नियुक्त गरेको छ । भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा घनिष्ठ सम्बन्ध बढाउने प्रयासमा अमेरिकी ट्रम्प प्रशासनले नयाँ प्रमुखको रूपमा निकारागुआ र होन्डुरसका लागि पूर्व राजदूत लौरा एफ डोगुलाई नियुक्त गरेको हो ।
लामो समयदेखि राष्ट्रपति रहेका निकोलस मदुरोलाई यसै महिना अमेरिकी सैन्य कारबाहीमा पदच्युत गरिएको थियो। सम्बन्धलाई क्रमशः सुमधुर बनाउँदै लानका लागि डोगुलाई भेनेजुएलाको नयाँ प्रभारी राजदूत नियुक्त गरिएको हो।
सन् २०१९ मा काराकास र वासिङ्टनबीचको सम्बन्ध टुटेको थियो, तर जोन म्याकनामाराले गत वर्षदेखि भेनेजुएलाका लागि अमेरिकी कार्यवाहक राजदूत भएर काम गर्दै आएका थिए ।
