एसियाली पूर्वाधार लगानी बैंकको दुई मिलियन डलर अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बैंकको दुई ‘मिलियन अमेरिकी डलर’ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नेपाल सरकारको प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई तोक्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *