काठमाडौँ । बिहीबार शेयर बजार नेप्से बढेको छ । बिहीबार नेप्से ९ दशमलव २३ अङ्कले बढेर २ हजार ७ सय १४ दशमलव ६१ विन्दुमा पुगेको छ ।
आज बैंक, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स समूह सबैभन्दा धेरै २ दशमलव ३८ प्रतिशतले उकालो लागेको छ । आज १ सय ६२ वटा कम्पनीको शेयर बढेकोमा ८८ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, त्रिशूली जलविद्युत्, कर्पाेरेट डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार पनि बढेको छ । आज ३ सय ३२ वटा कम्पनीका १ करोड ९० लाख कित्ता शेयर ९ अर्ब ७ करोड रुपैयाँमा किनबेच भएको छ ।
