पत्रकार ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट-४ बाट उम्मेदवार हुने

काठमाडौँ । पत्रकार ऋषि धमला राजनीतिमा प्रवेश गरेका छन् । आम जनता पार्टीबाट उनी रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट मनोनयनका लागि सोमबार रौतहट प्रस्थान गरेका छन् ।

उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत धमलाको यो निर्णयप्रति गर्व र भावुकता व्यक्त गर्दै जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर उनले राजनीति रोजेको बताएकी छन् ।

गौतमले लामो समय पत्रकारितामार्फत सत्यका पक्षमा उभिँदै आएका धमलाको अनुभव, प्रखर बुद्धि र अडानले राजनीतिमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *