अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जान्छौंः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जाने दाबी गरेका छन् । सोमबार जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले अघिल्लो निर्वाचनमा आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बनेको र अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जाने दाबी गरेका हुन् ।

उनले बालेनसँग भेट भएपछि आफूलाई अब देश बन्छ भन्ने विश्वास पैदा भएको बताए । सभापति लामिछानेले बालेनसँगको भेटमा पाँच मिनेटभित्रै आफूहरू सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताए ।

उनले भने, ‘बालेनसँग भेट भएको पाँच मिनेटमै  थाहा थियो हामी सँगै हिँड्न सक्छौं । वार्ता ५ मिनेटमै सकिएको हो, बाँकी समय त एकअर्कालाई चिन्नमा खर्च गरेका थियौं । मलाई त्यही दिन विश्वास भएको थियो बालेनले देश बनाउँछ ।’

बालेनसँगको पहिलो भेटपछि घर पुगेर आफ्नी स्वर्गीय आमाको फोटोसँग कुरा गर्दै आफूले अब देश बालेनले बनाउँछ भन्ने विश्वास व्यक्त गरेको उनले बताए । उनले आफू जेल नै जानु परे पनि कुनै चिन्ता नलागेको बताए । उनले आन्दोलनमा बच्चाहरुलाइ गोली ठोकेको सरकारले देश र मधेसलाई गरेको अन्यायको हिसाब गरिने बताए ।

उनले भने, ‘कुनै पनि बच्चालाई गोली ठोकेर हेलिकप्टरमा भागेको सरकारले लगाएको मुद्दाले मलाइ कुनैदिन जेल पुर्याउँछ । तर मलाइ कुनै प्रवाह छैन । किनकी देशले बालेन पाएको छ ।’

उनले रास्वपाले यसअघि मधेसमा उन्नत बिउ रोपेर गएको भन्दै अब सपना पूरा भएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *