दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीका लागि साइबर ब्युरोलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका सभापति गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर मान्यता पाएको भन्ने प्रसाईंको आरोप असत्य र भ्रमपूर्ण रहेको बताउँदै आयोगले कारबाहीका लागि ब्युरोमा पत्र पठाएको हो । आइतबार बसेको आयोग बैठकले उनलाई आवश्यक कानूनी कारबाही गर्न पत्रचार गर्ने निर्णय गरेको थियो ।

गत शुक्रबार नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आयोगले अध्यावधिक गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा ५२ करोडको लेनदेन भएको भन्दै प्रसाईले एक सामाजिक कार्यक्रममा भिडियो देखाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *