सात मिनेटमै सकियो जेनजी आन्दोलनपछि बसेको राष्ट्रिय सभाको बैठक

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि राष्ट्रिय सभाको बैठक पहिलो पटक बसेको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा नवनिर्मित राष्ट्रिय सभाको हलमा बैठक बसेको हो ।

जेनजी आन्दोलनमा बानेश्वरमा रहेको संसद भवनमा आगजनी भएपछि बैठक बसेको थिएन । आइतबारको बैठकमा राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक सकिएको छ । बैठक सात मिनेटमै सकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *