एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले जित हासिल गरेको छ । शनिबार बेलुकी सम्पन्न खेलमा म्याड्रिडले लेभान्टेलाई २-० गोलले पराजित गरेको हो ।
घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पे र राउल एसेन्सियोले समान एक/एक गोल गरे । खेलको ५८ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई शुरूवाती अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा आर्दा गुलेरको क्रसमा एसेन्सियोले हेडर गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-० गोलले विजयी भएको हो । जितसँगै म्याड्रिड २० खेलबाट ४८ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने एक खेल कम खेल्दै १४ अंक जोडेको लेभान्टे १९ औँ स्थानमा रहेको छ ।
