वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी

मोरङ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

प्रतिष्ठानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजले उपकुलपति डा. गिरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

समाजका अध्यक्ष डा. विष्णु पोखेरलेले प्रतिष्ठानले आफ्ना मागहरुप्रति वेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए। अध्यक्ष डा. पोखरेलले समाजले अघि सारेको विभिन्न मागहरुबारे पदाधिकारी उदासिन भएको आरोप लगाए।

समाजले प्रतिष्ठानसंग यसअघि विभिन्न माग राखेको थियो। जसमा विभागीय प्रमुखको रोटेसन, शिक्षकहरुलाई दिइने टिचिङ ट्रेनिङ, रिसर्च ट्रेनिङ,फोहोर मैलाको उचित वैज्ञानिक एवं स्वास्थ्यकर व्यवस्थापन, इन्टरनेट सम्बन्धी विषयका माग सम्बोधन गर्न माग गरेको थियो। तर आफूहरुको माग पुरा नभएपछि तालाबन्दी गरिएको समाजका अध्यक्ष डा. पोखरेलले जनाए।

उपकुलपति गिरीले दुईमहिनाभित्र फोहरल मैला ब्यवस्थापन गर्ने जनाएपनि पुरा हुन नसकेको उनको भनाई छ। अर्कोतर्फ, उपकुलपति डा. गिरी चिकित्सकहरुको बढुवा प्रक्रियाका लागि काठमाडौं पुगेका छन्।

माघ २६ गते प्रतिष्ठानका चारै पदाधिकारीहरू समाजसंग बसेको वार्तामा उपकुलपति गिरीले बढुवा प्रक्रियाको लागी रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मी र शिक्षाध्यक्ष प्रा. डा. गुरूप्रसाद खनाललाई जिम्मेवारी दिएको बताएका थिए। तर हाल उनी आफै बढुवा प्रक्रियाका लागि काठमाडौं पुगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *