ललितपुरमा गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक, त्यसपछि निर्वाचन आयोग जाने

काठमाडौँ । गगन थापा नेतृत्वको नवनिर्वाचित नेपाली कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक सुरु भएको छ । ललितपुरको म्याक्सिम्स बैंक्वेटमा बैठक सुरु भएको हो । बैठकले आगामी रणनीति तय गर्ने बताइएको छ ।

विशेष महाधिवेशनले थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । संस्थापन पक्षले थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेको थियो ।

संस्थापनपक्षले निष्कासन गरेपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बैठकपछि आधिकारिकताको विषयमा निर्वाचन आयोग जाने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *