सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य बिहीबार केही कम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० रुपैयाँ त्यति नै चाँदीको मोल पाँच हजार ४८५ रुपैयाँ कायम भएको छ ।

बुधबार एक तोला सुन दुई ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *