नसिसी दीक्षान्त समारोह सम्पन्न

धरान (सुनसरी) । राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१औँ एनसिसी जुनियर डिभिजन तालिमको तेस्रो चरणको दीक्षान्त समारोह सम्पन्न भएको छ । मोरङको याङ्शिलास्थित पूर्वी तालिम शिक्षालयमा गत पुस ११ गतेदेखि सञ्चालन भएको तेस्रो चरणको तालिम आज सम्पन्न भएको हो ।

उक्त तालिममा कोशी, मधेस र बागमती प्रदेशका १३ जिल्लाका १८ विद्यालयबाट सहभागी ५३१ जना विद्यार्थी दीक्षित भएको राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

दीक्षान्त समारोहका अवसरमा तालिम पूरा गरेका एनसिसी जुनियर डिभिजनका क्याडेटहरूले खुकुरी ड्रिल, तेक्वान्दो पिटी, एरोबिक्स तथा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी श्रेष्ठले क्याडेटलाई राष्ट्रिय झण्डा र सेवा दलको झण्डासहित शुभकामना सन्देश दिनुका साथै शपथ ग्रहण गराएका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *