नेप्सेमा सामान्य अङ्कको गिरावट

 

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक पाँच दशमलव ५४ अङ्कले घटेर दुई हजार ६३५ को बिन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड २३ लाख नौ हजार ७४४ कित्ता शेयर ७८ हजार ८०८ पटक खरिदबिक्री हुँदा  छ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ दशमलव ६१ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य दुई, होटल तथा पर्यटन शून्य दशमलव १०, उत्पादन तथा प्रशोधन एक दशमलव शून्य दुई, र म्युचुअल फण्ड शून्य दशमलव ११ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव २५, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ११, लगानी शून्य दशमलव ४२, जीवन बिमा शून्य दशमलव १८, लघुवित्त शून्य दशमलव ६६, निर्जीवन बिमा शून्य दशमलव १४, व्यापार एक दशमलव १६ र अन्य समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ ।

एसवाई प्यानल नेपाल लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव २४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *