गैरीगाउँमा भएको आगलागीबाट एक करोड ६२ लाखको क्षति

काठमाडौँ । काठमाडौँको सिनामङ्गल गैरीगाउँमा भएको मङ्गलबार भएको आगलागीका कारण एक करोड ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

गैरीगाउँस्थित शक्ति विनायक मार्ग बस्ने ईश्वर कार्कीले सञ्चालन गरेको गोदाममा विद्युत् सर्ट भई मङ्गलबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको लोएला सेकेण्डरी स्कुलको गोदाममा आगलागी हुँदा उक्त क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार मङ्गलबार दिउँसो ३ः१५ बजे लागेको उक्त आगो ४ः४५ बजे मात्रै दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *