ट्रकको ठक्करबाट नवलपरासीमा पैदलयात्रीको मृत्यु

त्रिवेणी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका–५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी गुरुङले बताए । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *