स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणः रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर

काठमाडौँ । उच्च अदालत पाटनले स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले मागेको ६० लाख रुपैयाँ धरौटी सदर गरेको छ ।

बिहीबार न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्ला अदालतले गरेको आदेशलाई परिवर्तन गर्न नपर्ने आदेश दिएको हो ।

यसअघि २०८१ माघ २ गते जिल्ला अदालत काठमाडौंले रविलाई ६० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । जिल्लाको आदेशविरुद्ध सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *