ओलीलाई बयानका लागि बोलाउने क्रममा छौंः अध्यक्ष कार्की

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाउने तयारी गरेको छ ।

बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बयानमा बोलाउन पत्र काट्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘उहाँलाई बोलाउने क्रममा छौं, चिठी काट्दैछौं ।’ उनले बयानमा नआए के हुन्छ भन्ने प्रश्नमा अध्यक्ष कार्कीले भने, ‘आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।’

उनले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको जानकारी दिए । उनले आयोगको एक महिना म्याद थपिएको र यो समयमा प्रतिवेदन बुझाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *