काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले नाम फिर्ता लिन आग्रह गरेका छन् ।
उनले आफू दलगत राजनीतिमा रुचि नराख्ने भएकाले आफ्नो नाम सूचीबाट फिर्ता लिन चाहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘मलाई पनि प्रतिनिधिसभा सदस्यको लागि समानुपातिकमा मेरो नाम छनोट गर्नु भएकोमा धन्यवाद। तर म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु र म सधैं मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु र म एक साधारण नागरिकको रूपमा, आफ्नो कर्ममार्फत देशको लागि सक्दो योगदान दिनेछु।’
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा नातावाद, कृपावाद हावी भएको भन्दै आलोचना भइरहेको छ । आलोचना भएपछि रास्वपा सभापति रवि लामिछानेले बन्दसूचीको नाम सच्याउने बताएका छन् ।
