युक्रेनमा रुसले जित्ने पुटिनको दाबी

मस्को । नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा बुधबार सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो देशले विजय हासिल गर्ने बताएका छन् ।

नयाँ बर्षका अवसरमा दिइएको पुटिनको परम्परागत सम्बोधन सबैभन्दा पहिले सन् २०२६ मा प्रवेश गर्ने पहिलो रूसी क्षेत्र पहिलो पटक सुदूरपूर्वी कामचाट्का प्रायद्वीपमा प्रसारण गरिएको थियो ।

उनले रुसीहरूलाई युक्रेनमा लड्ने ‘रूसी नायकहरूलाई समर्थन गर्न’ आग्रह गर्दै भने, “हामी तपाईं (रूसी सेना) र हाम्रो जीतमा विश्वास गर्दछौँ।

उनले युक्रेनमा ‘लडाकु र कमान्डरहरू’ लाई नयाँ वर्षको शुभकामना दिँदै भने, “ मलाई विश्वास गर्नुहोस्, रूसका लाखौं मानिसहरू तपाईंको बारेमा सोचिरहेका छन्।”

युक्रेनको द्वन्द्वले ठूलो मानवीय मूल्य चुकाउनु परेको छ । दुबै पक्षका सैनिकहरूको मृत्यु दशौं हजारको संख्यामा भएको विश्वास गरिएको छ । डिसेम्बर ३१ मा पुटिन सत्तामा आएको २६ औं वार्षिकोत्सव हो ।

सन् १९९९ मा बोरिस येल्तसिनले पदबाट राजीनामा दिएपछि उनी रुसको राष्ट्रपति बनेका थिए ।

नयाँ वर्षको पूर्वसन्ध्यामा टेलिभिजनमा प्रसारित सम्बोधनले सोभियत नेता लियोनिद ब्रेजनेभले सुरु गरेको परम्परालाई निरन्तरता दिन्छ । नयाँ बर्षको अवसरमा रूसमा छुट्टी हुने हुँदा लाखौँ घरहरूमा सम्बोधनलाई हेरिन्छ र सम्बोधनलाई सरकारको आगामी बर्षको योजनाका रूपमा पनि हेरिने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *