नेपाली महावाणिज्यदूत निरौला र सिजाङ अध्यागमनका महानिर्देशकको भेट

काठमाडौँ । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ स्वायत्त प्रदेशका अध्यागमन विभागका महानिर्देशक वाङसी होङबीच मङ्गलबार महावाणिज्य दूतावासमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूले गत असारमा ल्हेन्दे खोलामा गएको बाढीका कारण क्षतिग्रस्त भोटेकोसीको मितेरी पुल निर्माण सकेर भोलिदेखि रसुवा नाका सञ्चालन हुन लागेमा खुशी प्रकट गर्दै यसबाट नेपाल–चीन सम्बन्ध अझ सुमधुर बन्ने विश्वास व्यक्त गरेको महावाणिज्य दूतावासले  विज्ञप्ति निकालेर जनाएको छ ।

त्यस्तै भेटमा महानिर्देशक वाङले महावाणिज्यदूतावासको कार्यको प्रशंसा गर्दै नेपाल चीनबीचको ऐतिहासिक सम्बन्धले हाम्रा दुई देशबीचको सम्बन्ध बलियो बनाएको बताए ।

उनले महावाणिज्यदूतावास र आफ्नो विभाग मिली विगतमा धेरै काम गरेको भन्दै नेपाललाई सहयोग पुर्याउन आफू सधैं तयार रहेको बताए ।

भेटमा दुई देशबीचका सबै सीमा नाकाहरुलाई दुबैपक्ष मिली व्यवस्थित गर्ने, नाकाहरुमा हुने आयात निर्यात र मानवआवतजावतमा सहजीकरण गर्ने, सुरक्षा व्यवस्था थप बलियो बनाउने, दुई देशका अधिकारीहरुबीच सम्बन्ध अझ सुदृढ बनाउँदै एकअर्का देशबीच भ्रमण टोली आदानप्रदान गर्ने र एकआपसका कार्यहरुमा सहयोग पुर्याउने समझदारी समेत भएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *