न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी गर्ने कटुवाल पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै १० लाख ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–१ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि न्युजिल्यान्ड लैजाने भन्दै ठगी गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ उनलाई पक्राउ गरिएको उनले बताए ।

कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *